१३ साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पदमुक्त भएका मुकुल ढकालले पार्टीबाट हटाएको पत्र नपाएको दाबी गरेपछि पुनः पठाइएको रास्वपाले जनाएको छ । रास्वपाको महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्यबाट पदमुक्त भएका ढकालले पदबाट हटाएको पत्र नपाएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगमा निवेदन दिएपछि पार्टीले ‘ब्याक डेट’ राखेर पदमुक्तको पत्र पठाएको ढकालले बताए । केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी सदस्य मात्रै रहने गरी २५ असारमा उनलाई जिम्मेवारीबाट हटाएको थियो ।
पार्टी निर्णय विधिसंगत नभएको उनले दाबी गर्दै आएका छन् । संविधान, राजनीतिक दलसम्बन्धी ऐन लगायतका प्रावधान विपरीत आफूमाथि कारबाही भएको ढकालको जिकिर छ ।
निर्वाचन आयोगमा निवदेन दिएपछि ढकाललाई पुनः पत्र पठाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘उहाँलाई पदमुक्त गरेको पत्र पठाएका थियौं,’ बुर्लाकोटीले भने, ‘पत्र पाइनँ भनेपछि फेरि पठाएका हौं ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










