मङ्गलबार, चैत ०४, २०८१

बसको ठक्करबाट एक जनाको मृत्यु


बागमती, ५ चैत: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ