11/19/2025, 16:22:12
बुधबार, मङि्सर ०३, २०८२

एकैदिन सुनको भाउ तोलामा २४०० रुपैयाँ घटे


१० साउन, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा २४०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ कायम भएको चाँदी यस दिन १७५० रुपैयाँमा झरेको छ ।