शुक्रबार, फागुन ३०, २०८१

वनमन्त्री ठकुरीसँग बेलायतका लर्ड सदस्य काम्योजको भेटवार्ता


काठमाडौँ, १ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीसँग संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका सदस्य लर्ड काम्योजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बेलायतको राजधानी लन्डनमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

वनमन्त्री ठकुरी ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको होे । भ्रमणका क्रममा मन्त्री ठकुरी बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ