इटहरी (सुनसरी), २८ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनैै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरीद्वारा आज यहाँ आयोजित ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भन्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “ तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।”