काठमाडौँ, २३ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गर्नुभएको हो ।
यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक सूचीकृत भइसकेका छन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताउनुभयो । “हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छाँै”, उहाँले भन्नुभयो, “फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














