सोमबार, फागुन १९, २०८१

विकास र समृद्धिका लागि रणनीतिक योजना आवश्यक : कोशी प्रदेश मुख्यमन्त्री कार्की


विराटनगर, १८ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गरे मुलुकले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भत्रुभयो, “यस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना र अवसर छ, यसलाई समयमै उपयोग गर्न सक्नुपर्छ ।

छिमेकी मुलुक भारत र चीनको जनसङ्ख्यालाई ध्यानमा राखेर यहाँ धार्मिक पर्यटकीयस्थलमा लगानी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “पर्यटक हाम्रा पाहुना मात्र नभएर पुँजी निर्माणका आधार पनि हुन्”, उहाँले भन्नुभयो ।

नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी सहजै समृद्धितर्फ अगाडि बढ्न सक्छौँ”, मुख्यमन्त्री कार्कीले भत्रुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज थापाले उद्योगी–व्यापारीका विविध समस्याबारे आफ्नो धारणा राख्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ