बुधबार, फागुन १४, २०८१

अवैध डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ


धनुषा, १४ फागुनः महोत्तरीको औरही स्थित अवैध डान्सबारबाट ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

औरही नगरपालिका–२ स्थित ब्लयाक एण्ड व्हाइट डान्सबारबाट ८ महिला र ३ पुरुषलाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

उनीहरूले डान्सबार सञ्चालन गर्न सम्बन्धित निकायबाट स्वीकृति नलिएको र महिला कर्मचारी राखेर सामाजिक मूल्य मान्यतामा असर पुर्‍याउने कार्य गरेको प्रहरीको भनाइ छ। सोमबार राति पक्राउ परेका ११ जनालाई मंगलबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ