आइतबार, फागुन ११, २०८१

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब पुग्यो


काठमाडौँ, ११ फागुन : सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’ को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको जानकारी दिइयो ।

त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थामा नगद मौज्दात रु ७९ अर्ब २८ करोड ५६ लाख रहेको छ । विभिन्न परियोजनामा लगानी रु सात अर्ब ७२ करोड ४४ लाख रहेको युद्ध कार्य विभागका सहायकरथी रवीन्द्र खत्रीले जानकारी दिनुभयो । यसमध्ये नेपाली सेनाका स्वास्थ्य विज्ञान संस्थानमा रु दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी अस्पतालमा रु एक अर्ब ६० करोड ६० लाख लगानी रहेको जानकारी दिइयो ।

निक्षेपको प्रतिशतमा आएको गिरावटले सेनाका सोवाग्राही लक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्व प्रभावित पार्ने सङ्गठनले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ