सुन्दरहरैँचा (मोरङ), २२ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको स्वास्थ्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा, प्रदेश खोप समन्वय समिति सचिवालयद्वारा आजदेखि सुरू गरिएको पाठेघर मुखको क्यान्सरविरूद्धको ‘एचपिभी’ खोपको कोशी प्रदेशस्तरीय अभियान शुभारम्भ गर्दै उहाँले सीमित स्रोतसाधनका बाबजुद नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील भएर विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले मुलुकको दिगो विकास हासिल गर्ने सन्दर्भमा सन् २०३० सम्म महिलाको पाठेघर मुखको क्यान्सर निराकरण गर्न आजदेखि सुरु गरिएको खोप अभियान कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशका भौतिक पूर्वाधार तथा विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले मानिसको पहिलो घर पाठेघर भएको भन्दै यसको सुरक्षाका लागि खोप अभियान सुरु गरिएको बताउनुभयो । उहाँले अभियानबाट कोही पनि बालिका एवं किशोरी वञ्चित हुन नदिनका लागि संवेदनशील हुन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निवारण गर्ने लक्ष्यअनुसार कार्य भइरहेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य रामदेव यादव र मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बाराकोटीले विद्यालय बाहिरका किशोरीलाई खोपमार्फत विद्यालयसँग जोड्न सुझाव दिनुभयो ।
फागुन ४ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दुई लाख २० हजार पाँच सय ८४ र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ४५ हजार ३३४ जना गरी जम्मा दुई लाख ६५ हजार नौ १८ जना बालिका एवं किशोरीलाई खोप लगाइने लक्ष्य रहेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











