आइतबार, माघ २०, २०८१

देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिनेछ : खानेपानीमन्त्री प्रदीप यादव


वीरगञ्ज, २० माघ : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताउनुभएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’ को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताउनुभयो । यसबारे शिक्षामन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उहाँको भनाइ थियो ।

सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।

यसैबीच मन्त्री यादवले आजै बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारणसभामा सुनकोशी र हेटौँडास्थित राप्तिखोलाको पानी ल्याएर मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो । मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सप्तरीदेखि पर्सासम्म सुनकोशी डाइभर्सनमार्फत पानीको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री यादवको भनाइ थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading