आइतबार, फागुन २५, २०८१

चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरको २५ हजार जरिवाना


काठमाडौँ, १९ माघ : काठमाडौं महानगरपालिकाले चुरोटको पोस्टर टाँसेको भन्दै एक वितरकलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

क्यामेल चुरोटको पोस्टर टाँस्ने वडा नम्बर १६ मा रहेको सेभेन ओसियन नामक वितरकलाई जरिबाना तिराएको महानगरले जनाएको छ । महानगरका विभिन्न स्थानमा क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि जरिबाना गरिएको महानगरको भनाइ छ ।