धरान (सुनसरी), १८ माघ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
आज धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको डेल्टा ५.० राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै उहाँले इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी नवप्रवर्तन र आविष्कारको आधार स्तम्भ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो सम्पूर्ण ध्यान देशको शिक्षा, स्वास्थ्य रोजगारी र जलवायु परिवर्तनका असरको न्यूनीकरणमा केन्द्रित गरेको छु । क्याम्पस र विद्यालय ज्ञान उत्पादन गर्ने थलो भएकाले यसलाई जीवनसँग जोडेर अगाडि बढ्नुपर्ने हुन्छ ।”

धरान इञ्जिनियरिङ क्याम्पसले देशका अन्य क्याम्पसको समेत अगुवा हुनुपर्ने बताउँदै उहाँले अनुसन्धानबाट प्राप्त ज्ञानलाई सम्बन्धित क्षेत्रमा लागू गरी कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो रहेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “१३औँ शताब्दीमा चीन गएर प्यागोडा शैलीको विस्तार गर्ने अरनिको र मल्लकालमा काठमाडाँैमा ढुङ्गेधारा भूमिगत सिँचाइदेखि लिएर मूर्तिकला, वास्तुकला र शिवको कौशल उतार्ने पुर्वजलाई सम्झँदा गर्व लाग्छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










