काठमाडौं । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाख भन्दा बढी खर्च गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तोकेको खर्चको सीमा अनुसार एक उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियट सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम एक सँग सम्बन्धीत अनुसूची एकले गरेको व्यवस्था अनुसार निर्वाचन खर्चको सीमा तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
उनका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने छ ।
आयोगका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा आफ्नो तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकेर उसको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।
त्यसैगरी आयोगले निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत निर्देशन दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














