बिहिबार, माघ १७, २०८१

प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित हुन्छ : मुख्यमन्त्री कार्की


मोरङ, १२ माघः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले स्वच्छ, मर्यादित भएर कलम चलाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, मोरङ समितिको नवौँ अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सत्यतथ्यका आधारमा समाज परिवर्तनका लागि समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।

उहाँले प्रदेशसभाको हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक पारित गरी कानुन बनाउने जानकारी दिँदै यसबाट यस क्षेत्रका सञ्चारकर्मीहरुको वृत्तिविकासमा ठूलो सहयोग पुग्ने विश्वास जनाउनुभयो ।

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले समाजमा पछाडि परेका जनताको समाचार सम्प्रेषणमा प्राथमिकता दिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं मोरङ इन्चार्ज जीवन घिमिरे, पार्टीका मोरङ अध्यक्ष बाबुराम कार्कीले प्रविधिको प्रयोगमार्फत सञ्चारकर्मीहरु दक्ष हुनुपर्ने सुझाव दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले शालिग्राम मञ्जु दाहाल पत्रकारिता पुरस्कार अरुण खबरका प्रधान सम्पादक महेन्द्र विष्टलाई प्रदान गर्नुभयो । मुख्यमन्त्री कार्कीले विष्टलाई नगद रु २१ हजारसहित सम्मान गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading