बुधबार, माघ ०९, २०८१

कर्णालीमा सुशासनको चुनौती छ : मुख्यमन्त्री कँडेल


कर्णाली, ८ माघ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा सुशासनको चुनौती रहेको बताउनुभएको छ । स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाद्वारा सुर्खेतमा आज आयोजित ‘अन्तरपालिकास्तरीय उत्तम अभ्यास आदानप्रदान कार्यक्रम’ मा मुख्यमन्त्री कँडेलले कर्णालीमा सुशासन, स्रोत साधनको उपलब्धता, त्यसको सही प्रयोग र पारदर्शिता कायम चुनौतीको सवाल भएको बताउनुभयो ।

जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले कुनै व्यक्तिका आकाङ्क्षा र चाहना पूरा गर्न सकेन होला तथापि समग्रमा आम जनताको चाहनाअनुसारको काम गरेको महसुस गरेको छु र त्यसले नागरिकमा अनुभूति भएको पाएको छु ।” सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयनमा हराउने प्रवृत्ति विद्यमान रहेकाले अब उपरान्त नडगमगाइ अघि बढ्दा सबैले समर्थन गर्ने परिस्थिति सृजना हुने उहाँको भनाइ थियो ।

पछिल्लो समयमा जनतामा केही हुन्छ, केही भएको छ र विकास गति लिन्छ भन्ने भावना बढेको आफूले पाएको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी कुरा जनताले मूल्याङ्कन गर्ने तर्क गर्नुभयो । उहाँका अनुसार कर्णालीको विकासबिना मुलुकको विकास असम्भव भएकाले प्रदेश सरकारका प्राथमिकताका योजनामा सङ्घ सरकारले गम्भीरताका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading