बुधबार, माघ ०२, २०८१

आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ : गेल्जे लामा शेर्पा


काठमाडौँ, २ माघः नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिले आफ्नो पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल मगर सङ्घले मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे सकरातीको अवसरमा आयोजित समारोहमा अध्यक्ष शेर्पाले जातीय पहिचान, कला, संस्कृति, रहनसहन जोगाउन मातृभाषा पहिलो प्राथमिकतामा पर्ने धारणा राख्नुभयो ।

पछिल्लो समय आदिवासी जनजातिको मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले शेर्पाले भन्नुभयो, “हाम्रो प्रमुख विशेषता मातृभाषा हो । मातृभाषा रहेमा हामी रहन्छौँ । आज यहाँ कार्यक्रम सञ्चालकले मातृभाषाको प्रयोग गरेको भए उत्प्रेरणा मिल्थ्यो । हामीले भाषाको संरक्षणमा विशेष जोड दिन आवश्यक छ ।” संस्कार, संस्कृति, वेशभूषासँगै मातृभाषाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालका हरेक परिवर्तनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले अवसर भने अन्य समुदायको तुलनामा कम पाएकाले आगामी दिनमा उल्लेख्य सहभागिता जनाउनुपर्ने बताउनुभयो । “हाम्रो समुदायले प्रत्यक्ष रूपमा प्रकृतिसँग सरोकार राख्दछ । प्राकृतिक स्रोतसाधन बिना आदिवासी जनजातिको जीविकोपार्जन हुँदैन”, उहाँले भन्नुभयो, “हाम्रा हकअधिकार सुनिश्चित गराउन हामी सचेत हुन आवश्यक छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading