मङ्गलबार, माघ ०१, २०८१

माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्वपूर्ण भूमिकाः उपसभामुख राना


काठमाडौँ, १ माघः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती÷माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

उपाध्यक्ष रानाले आज शुभकामना सन्देश जारी गर्दै थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङक्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

हाम्रा विविध सांस्कृतिक चाडपर्व, संस्कार एवं परम्पराले आ–आफ्नो समुदायको विशिष्ट पहिचान दिलाएका छन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “मगर, थारूलगायत समुदायले मनाउने यस पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण मात्रै गरेको छैन, विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका निर्वाह गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading