शुक्रबार, पुष १९, २०८१

जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह


महेन्द्रनगर (धनुषा), १६ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्री-वितरण र उपभोग निषेध गर्न आग्रह गर्नुभएको छ । यसलाई कडाइका साथ पालना गर्न उहाँले जोड दिनुभयो ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्री-वितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गर्नुभएको छ । सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ”, उहाँले भन्नुभयो–“जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading