बिहिबार, पुष १८, २०८१

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त


काठमाडौं, १५ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो । उहाँकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभएका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गर्नुभएको थियो । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading