शनिबार, पुष १३, २०८१

पूर्वराष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएकामा शोक व्यक्त


काठमाडौँ, १२ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ ।

मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उसमेत ल्लेख गर्नुभएको छ ।

भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ । स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ । सिंहको ९२ वर्षको उमेरमा निधन गए राति निधन भएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading