सोमबार, पुष ०८, २०८१

मधेस प्रदेशको राजधानीमा दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय निर्माण तथा सञ्चालन गर्ने


जनकपुर, ८ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनका लागि आश्रयसहितको विद्यालय मधेस प्रदेशको राजधानीमा निर्माण तथा सञ्चालन गर्ने अभियानमा प्रदेश सरकारले सघाउने बताउनुभएको छ ।

आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका दृष्टिविहीनको एक समूहसँगको भेटमा मुख्यमन्त्री सिंहले आश्रयसहितको विद्यालयका लागि जग्गा उपलब्ध नहुँदासम्म वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

जनकपुरधाममा गुठीको जग्गा छ र गुठीको जग्गा प्राप्तिमा निकै कठिनाइ हुने हुँदा तत्काल अपाङ्गता भएकाका लागि सञ्चालित कुनै संस्थाको भवनमा दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्ने विकल्पतिर सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले दृष्टिविहीनको कल्याणका लागि स्थानीय सरकार तथा स्वयंसेवी संस्थासँग समन्वय गर्ने जानकारी गराउनुभयो । मुख्यमन्त्री सिंहसँगको भेटमा दृष्टिविहीनले आफूहरूको बास र लेखपढ व्यवस्थापनका लागि अघिल्ला प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो गरेको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading