सोमबार, पुष ०८, २०८१

ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की


मोरङ, ६ पुस : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र जीवन विज्ञान परिषद् कोशीद्वारा आज यहाँ आयोजित विश्व ध्यान दिवस सम्बन्धी कार्यक्रममा उहाँले विद्यालयका बाल-बालिका एवं शिक्षकहरूलाई दैनिक ध्यान योगमा जोड्न सके स्वस्थ्य हुनुका साथै अनुशासन कायम गरी समाजलाई सही दिशातर्फ अगाडि बढाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले ध्यान दिवसलाई जनजनमा पु¥याउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले विसं २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको उपलक्ष्यमा यही महिनाभित्र पर्यटन मन्त्रालयद्वारा प्रदेशका सचिव, कर्मचारीसहित एकदिने ध्यान शिविर आयोजना गर्ने जानकारी दिनुभयो ।

शिविरकी मोरङ सह-संयोजक रिता बराल कार्कीले ध्यान मानव जीवनमा यसको महत्वबारे चर्चा गर्नुभएको थियो भने मोरङ सयोजक चन्द्र च्याम्जुङले शिविर सञ्चालन गर्नु भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading