मङ्गलबार, पुष ०९, २०८१

स्थानीय स्रोतको उपयोगमा नेता जनार्दन शर्माको जोड


गलकोट (बागलुङ) २२ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग –व्यापार सङ्गठनको दोस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले फलाम, तामालागयत बहुमूल्य खनिज उत्खननमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको क्षेत्रमा मुलुकले प्रगति गरेको र अझै धेरै गर्ने स्थान रहेकाले त्यसतर्फ पनि विशेष ध्यान दिन आवश्यक भएको उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री शर्माले यस भेगका प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कालिका भगवतीमा धार्मिक पर्यटकको आगमन बढाउन कालीगण्डकीमा पाइने शालिग्रामको महत्वबारे प्रचुरमात्रामा प्रचारप्रसारका साथै कालीगण्डकीको तटीय क्षेत्रको विकास अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading