१४ मंसिर, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयर बोनस भने प्रस्ताव गरेको छैन ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ छ ।