02/13/2026, 05:15:38
बिहिबार, माघ २९, २०८२

सडक खन्ने क्रममा पहिरो झरेर पुरियो स्काभेटर


फुङलिङ, पुस ३ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो।

विहीबार बिहान करिब ११ बजेको समयमा तेल्लोकदेखि फुन्द्रवासम्म जोड्ने सडक निर्माणका क्रममा फुन्द्रवा भीरमा माथिबाट पहिरो झरी स्काभेटर पुरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर चालक भने सकुशल रहनुभएको छ ।

सडक तीन दिन अघिदेखि निर्माण गर्न सुरु गरिएको उपाध्यक्ष माबोको भनाइ छ । करिब ढेड करोडको आयोजनामा बाटो निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

– साहारा लिम्बू