५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन्। सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परियारले यस्तो दाबी गरेका छन्। अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैैन भनेर छोड्ने बताए।
‘अदालत प्रति रास्वपाको उच्च सम्मान छ। नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ। सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ। बुधबार कार्की अदालतले रवि लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्ने केही छैन भनेर छाड्छ भन्ने विश्वास छ। अदालत प्रति विश्वास्त छौँ ’ उनले भने। नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताउँदै उनले सरकारले अदालतको न्याय प्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए।
‘अन्यायको विरुद्ध बोल्न केही बाहिरबाट कार्यकर्ताहरु आउनुभएको छ। तर बाहिर भनेजस्तो सबै साथीहरू बाहिरबाट आउनुभएको छैन। पोखरा रवि लामिछानेको पक्षमा एक दिन जुरुक्क उठ्नेछ। सरकारविरुद्ध लाग्नेछ। हाम्रो विश्वास अदालतप्रति छ तर सरकारप्रति छैन ’ उनले भने। उनले सरकार विरुद्ध रवि लामिछानेलाई रिहाई गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको पनि बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















