३० असोज, वासिङ्टन । विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक इलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख अमेरिकी डलर दान गरेका छन् । सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो ।
सरकारी अनुसन्धानमा खुलासा भएको जानकारी अनुसार इलोन मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७५ मिलियन डलर दिएका छन् ।
मस्कले जुलाईमा ट्रम्पलाई औपचारिक रूपमा समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । हालै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीमा मस्क पनि सहभागी थिए । यो त्यही ठाउँ हो जहाँ ट्रम्पमाथि आक्रमण भएको थियो । अमेरिकी चुनाव नोभेम्बरमा हुन लागेको छ, जहाँ वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















