11/08/2025, 20:58:38
शनिबार, कार्तिक २३, २०८२

ओझेलमा मुस्ताङको पुराना गुफा


मुस्ताङ, कात्तिक २२ : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –५ मा पहाडमा खोपिएको आकर्षक गुफा ।

नेपालको दक्षिण सीमा भारत र उत्तरी सीमा चीनलाई जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत चराङ–लोमान्थाङ सडकबाट देखिने यस गुफा १५ औ शताब्दीमा निर्मित भए पनि संरक्षणको अभावमा ओझेलमा छ । उपल्लो मुस्ताङमा रहेका गुफालाई स्थानीय पुर्खाले बनाएको घर अर्थात प्राचिन चिनारीको रुपमा लिने गरेका छन् ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा तिब्वती अतिवादीबाट जोगिन निर्मित करिब एक हजार सानोठुलो गुफा रहेको अनुमान गरिन्छ ।

– हरिकृष्ण शर्मा