10/17/2025, 18:50:05
शुक्रबार, कार्तिक ०१, २०८२

मलेसियामा अपराध दरमा वृद्धि


क्वालालम्पुर, असोज ३१ : मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।

मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्तिसम्बन्धी अपराध हुन्, जसमा चोरी, डकैती, लुटपाट जस्ता घटना पर्दछन् । यी अपराध १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् ।

यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि हत्यासम्बन्धी घटनामा भने कमी आएको छ । जानबुझी गरी गरिने हत्याका घटना ९दशमलव ५ प्रतिशतले घटेर २ सय ३७ मा सीमित भएको तथ्याङ्कमा उल्लेख छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..