इलाम, असोज १९ : इलामको राजदुवाली माथिको सडकमा पहिरो गएपछि इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।
वर्षौंदेखि भित्र–भित्रै जमिन बग्ने समस्या हुँदै आएको इलाम सदरमुकाम तर्फको भाग गतवर्ष आएको वर्षाका कारण पहिरो गएर थप जोखिम भएको थियो । गएराती आएको अविरल वर्षा पछि सोही स्थानमा पहिरो गएर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
मेची राजमार्गका अन्य धेरै स्थानहरुमा पनि पहिरो गएर अवरुद्ध भएको डिभिजन सडक कार्यालयका प्रमुख पवन भट्टराईले जानकारी दिनुुभयो । झापा देखि फिक्कल सम्मको सडकमा खासै ठूलो समस्या नभएपनि गोदक माईखोला सडक खण्डमा धेरै स्थानमा पहिरो रहेको छ ।
यस्तै इलाम चुरेघाँटीमा पनि पहिरो खसेर अवरुद्ध छ । यहाँको पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । इलामकै पुुवाखोला माथि नेपालटार तर्फ पनि राजमार्गको केही भाग बगेको भट्टराईले जानकारी दिनुुभयो । पाँचथर सिमाना राँके सम्म भने अरु धेरैसमस्या नभएको बताइएको छ ।
‘मुख्य समस्या माइखोला माथिनै हो । यहाँ सडक खुलाउन तीन–चार दिन लाग्न सक्छ ।’ डिभिजन प्रमुख भट्टराईले भन्नुुभयो ‘ठूूलो मेशिन माइखोलाको पुन तार्न संभव होला–नहोला, सानो मेशिनले सडक खोल्ने अवस्था खासै बुुझिएन, म अहिले त्यो क्षेत्रमा जाँदैछुु । इटहरीबाट ठूलो मेशिन चाँहि मगाएको छ त्यो सडक सफा गर्दै आउँदैछ ।’
उता इलाम झापा जोड्ने छोटो दुुरीको केचना–कञ्चनजंघा सडकमा पर्ने पुवा खोलामा केही महिना अघिमात्र निर्माण सम्पन्न गरिएको बेली ब्रिज पनि गएरातीको बाढीले बगाएको छ । यही सडकमा पर्ने माइखोलाको बेलासे पुललाई पनि सवारी सञ्चालन हुन नसक्ने गरि बाढीले क्षति पुर्याएकाे छ ।
अर्को वैकल्पिक मार्गका रुपमा साना सवारी सञ्चालन गर्ने गरि तयारी गरिएको सिमल गोलाइ तिल्केनी सडकबीचको जोगमाई खोलामा बनाइएको बेली ब्रिज समेत बाढीले बगाएको छ । यी तीनै सडक अवरुद्ध भएपछि झापाबाट इलाम, पाँचथर र ताप्लेजुुङ सम्म सञ्चालन हुने सबै यातायातका सवारी पूर्ण रुपमा ठप्प भएका छन् ।
वैकल्पिक सडक समेत अवरुद्ध हुुँदा पूूर्वी पहाडलाई ठूलो समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न देखि विरामीहरुलाई उपचारका लागि झापा सम्म लान समेत समस्या भएको छ । यो राजमार्गमा दैनिक करिब तीन सय बढी सवारी सञ्चालन हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
वर्षौंदेखि मेची राजमार्गको राजदुवाली–भञ्ज्याङ सडक खण्डको वैकल्पिक मार्ग बनाउन आम नागरिकले सरकार सँग माग गर्दै आएका थिए । यो खण्डको मर्मतका लागि करोडौं रुपियाँ खर्च हुँँदै आएको छ । उक्त बिग्रिएको खण्ड भने जमिन भित्रभित्रै पानी बग्ने भएकाले मर्मत कार्य निकै जटिल भएको विभिन्न अध्ययन टोलीले जनाउँदै आएका थिए ।
वर्षापछि आएको बाढीका कारण देउमाई नगरपालिका र माङ्सेबुुङ गाउँपालिका बीच पर्ने देउमाई खोलाको पक्की पुुलमा पनि क्षति पुुगेको छ । गजुरमुखी धाम तर्फको पुुलको आधा भाग बाढीले बगाएको छ । यस्तै बाढीले पुुल सँगै जोडिएको गजुुरमुखी धाम छेउमा छ घर बगाएको छ ।
– कोकिला ढकाल