09/23/2025, 17:51:39
मङ्गलबार, असोज ०७, २०८२

‘अत्यावश्यक सेवा रोकिँदैन’ : मुख्यमन्त्री आचार्य


राँझा(बाँके) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक सेवा नरोकिने बताएका छन् ।

आज बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा उनले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताए । “जेन जेड प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उनले भने ।

प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..