बुधबार, पुष १०, २०८१

दुर्गा प्रसाईविरुद्ध अदालतमा साइबर अपराधको मुद्दा दर्ता


१४ असोज, काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको हो । सामाजिक सञ्जालमार्फत चरित्र-हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा छन् । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading