२५ असार, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन खुलेको छ ।
कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लगानीकर्ताले सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । साउन १३ सम्म आवेदन खुल्नेछ ।
मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।