06/27/2025, 19:53:17

पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते


इस्लामाबाद, १३ असार (रासस/सिन्ह्वा) :

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको पिडिएमएले जनाएको छ ।

मुलतान, फैसलाबाद, साहीवाल, सोरकोट र मन्डी बहाउद्दिनबाट घाइते भएका थप घटनाहरू रिपोर्ट गरिएको छ, ।

विपद् प्राधिकरणले बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने सरकारले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले जुलाई १ सम्म देशभर भारी मनसुनी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यो मौसममा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने चेतावनी दिएको छ भने विशेष गरी तल्लो क्षेत्रमा सहरी बाढीको खतरा बढेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ