06/18/2025, 15:03:48

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध


लमजुङ, ४ असारःहिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेसीसहर-चामे सडकमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि गन्तव्यमा निस्किएका सवारी साधनहरु रोकिएका छन् । मानिससमेत वारपार हुन नसकेको स्थानीयले बताएका छन् । च्याम्चे र बुङ झरना वारीबीचको सडकमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय होटल व्यवसायी बाबुराम तामाङले बताए । उनका अनुसार मङ्गलबार मध्यरात १२ बजेतिर पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराले सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको बताए । प्रहरीका अनुसार बुधबार बिहान बुङझरना नजिकमा सडकमाथि बाट पहिरो खस्दा अवरोध भएको छ । पहिरो गएको ठाउँमा प्रहरी खटाएको र सडक आयोजनासँग समन्वय गरेर सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ