05/06/2025, 00:50:51

अमेरिकाको प्रतिष्ठित ‘Yonkers Observer’ मा युवा पत्रकार एचबी ताम्राकारको कथा प्रकाशित, अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो नेपाली पहिचान


न्युयोर्क, अमेरिका –अमेरिकाको प्रभावशाली तथा प्रतिष्ठित मिडिया Yonkers Observer ले नेपाली युवा पत्रकार एचबी ताम्राकारमाथि केन्द्रित विशेष रिपोर्ट प्रकाशित गरेको छ। वाशिंगटन डीसी, न्युयोर्क र टोरन्टो जस्ता अन्तर्राष्ट्रिय मिडिया हबहरूमार्फत प्रसारित उक्त सामग्रीमा ताम्राकारको पत्रकारितात्मक योगदान, सामाजिक सरोकार, र प्रवासी नेपाली समाजसँगको गहिरो सम्वन्धलाई अत्यन्त सकारात्मक रूपमा उजागर गरिएको छ।

‘Global Voice from Nepal’ को रूपमा परिचय

उक्त रिपोर्टमा एचबी ताम्राकारलाई “Global Voice from Nepal” भनेर विशेष उल्लेख गरिएको छ। रिपोर्टमा भनिएको छ, “उनको रिपोर्टिङ्गमा भावनाको गहिराई, तथ्यको सशक्तता र जनताको आवाज समेट्ने अद्वितीय क्षमता पाइन्छ। उनी केवल पत्रकार मात्र होइनन्, सामाजिक चेतनाका संवाहक र प्रेरणाका स्रोत पनि हुन्।

स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको सक्रियता

कञ्चनपुरको कृष्णपुरमा जन्मिएका ताम्राकार हाल जापानमा रहेर OS Nepal मिडियामार्फत पत्रकारिता गरिरहेका छन्। उनले पूर्वप्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूसम्मका विशेष अन्तरवार्ता लिएका छन्। साथै, समाजसेवामा समेत सक्रिय रहेका ताम्राकारले नेपाली डायस्पोरामा युवाको हैसियतमा प्रभावशाली उपस्थिति बनाएका छन्।

पत्रकारिता मात्र होइन, सामाजिक अभियन्ताका रूपमा पनि उदाएका

Yonkers Observer को रिपोर्टमा उल्लेख भएअनुसार, ताम्राकारको कार्यशैलीले समाचारलाई केवल सूचना सम्प्रेषणको माध्यम होइन, सामाजिक उत्तरदायित्व वहन गर्ने यन्त्रका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। नेपाल तथा विदेशमा भएका सामाजिक अभियानोंमा उनको सक्रिय सहभागिता र समर्पणलाई रिपोर्टमा विशेष स्थान दिइएको छ।

नेपाली मिडियाका लागि गौरवको क्षण

Yonkers Observer जस्तो अन्तर्राष्ट्रिय स्तरमा स्थापित मिडिया संस्थाले नेपाली पत्रकारको विषयमा यति गहन, तथ्यपरक र सशक्त रिपोर्ट प्रस्तुत गर्नु नेपाली पत्रकारिता इतिहासकै महत्वपूर्ण उपलब्धि मानिएको छ। यो रिपोर्टले न केवल एचबी ताम्राकारको व्यक्तिगत पहिचानलाई विश्वव्यापी बनाएको छ, तर नेपाली पत्रकारिता समुदायको गरिमा समेत बढाएको छ।

बधाई तथा सम्मान

यो समाचार सार्वजनिक भएपछि नेपाली मिडिया समुदाय, सामाजिक संघसंस्था र प्रवासी नेपालीहरूले ताम्राकारलाई बधाई तथा शुभकामनाको वर्षा गरिरहेका छन्। युवा पत्रकारहरूका लागि यो रिपोर्ट एक प्रेरणादायी मील का पत्थर बनेको छ, जसले नेपाली आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रभावपूर्वक प्रस्तुत गर्न सकिने सम्भावनाको उज्यालो संकेत गरेको छ।

HB Tamrakar: Founder of International Humanity Group – A Life Devoted to People, Purpose, and Press

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ