गोरखा, १३ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भूकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताउनुभएको छ ।
१०औँ गोरखा भूकम्प स्मृति दिवसको अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बारपाकको पुराना शैली र संरचना हराएको बताउनुभयो । “भूकम्पभन्दा पहिलाको बारपाक र अहिलको बारपाकको जुन संरचना निर्माण भएका छन्, त्यो धेरै फरक भएको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बारपाक हेर्न आउने पर्यटकका लागि भूकम्पअघिको जस्तो बारपाक हामीले बनाउन सकेनौँ ।”
भूकम्पपछिको पुनःनिर्माणले उहाँले बारपाकको मौलिकता हराएको भन्दै त्यसलाई उस्तै बारपाक बनाउने एउटा अवसर गुमाइएको बताउनुभयो । भूकम्पपछि बारपाकमा गर्नुपर्ने धेरैजसो पुनःनिर्माणको काम सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई छिटो सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















