04/25/2025, 16:15:16

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति


गलकोट (बागलुङ), १२ वैशाखः अछेते–भिमापोखरा सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ ।

उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा ढलान गरिएको छभने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख र भिमापोखरा वडा कार्यालयको रु २० लाख गरी रु ७० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । पूर्वाधार विकास कार्यालयबाट प्राप्त रु ८० लाख ढलान तथा पहिरो नियन्त्रणमा खर्च भएको छ । केही स्थानमा काम जारी छ । चार स्थानमा पहिरो नियन्त्रण गर्ने पूर्वाधार बनाइने छ ।

गाउँपालिकाले अछेते–भिमापोखरा सडकलाई कालोपत्र गर्न पर्याप्त बजेट विनियोजन नभएकाले केन्द्र सरकारसमक्ष अनुरोध गरिएको तथा विस्तृत परियोजना प्रतिवेदन पनि प्रस्तुत गरिएको अध्यक्ष थापाले राससलाई जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ