04/24/2025, 17:05:12

जोय स्टोर र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता


११ वैशाख, काठमाडौं : नेपालमा आइफोनको आधिकारिक विक्रेता जोय स्टोर र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । नेपालमा आइफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद–बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा जोय स्टोरका प्रबन्ध निर्देशक गुरुदत्त शर्मा र सूर्यज्योतिका प्रमुख व्यापार सञ्चालन अधिकृत राजीव गर्बचार्यले हस्ताक्षर गरे । सम्झौताअनुसार नेपालमा आइफोनको आधिकारिक विक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकले छुट पाउने छन् । इन्स्योरेन्सका कर्मचारी र ग्राहकले एप्पलका उत्पादनमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ