04/21/2025, 18:30:32

दानव नदीमा डुबेर तीन बालक बेपत्ता


भैरहवा (रूपन्देही), ८ वैशाख : रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ