२९ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (बुधबार) विश्वासको मत लिने तयारी गरेका छन् । भोलि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । यहाँ कांग्रेसका १८, माओवादी र एमालेका ११÷११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् । जसमध्ये मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसको १८, एमालेको ११ र नाउपाको ७ जनाले मत दिने देखिएको छ ।