मङ्गलबार, पुष ०९, २०८१

कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त


२० साउन, धनगढी । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार साँझ नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीबाट हटेको चार महिनामै शाह सत्तामा फर्किएका हुन् । २६ माघ २०७९ मा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि शाह पनि अठ्यारोमा परे ।

माओवादीले समर्थन फिर्ता लिएपछि उनले नाउपा र साना दलको समर्थनमा सरकार जोगाउन खोजे । एकपछि अर्को प्रयास असफल भएपछि २२ चैत २०८० मा राजीनामा दिए । उनलाई ६ वैशाखमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदमा विस्थापित गरेका थिए ।

तर १७ असारमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भयो । त्यहीबेला प्रदेश भागबण्डामा सुदूरपश्चिम पाएकाले सरकारको नेतृत्व कांग्रेसले गर्ने पक्का भयो, तर मुख्यमन्त्री को हुने भन्ने अन्यौल भने यो पटक लामै समय रह्यो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading