मङ्गलबार, चैत ०४, २०८१

१ लाख ३० हजारले चढे धरहरा, उठ्यो २ करोड ३७ लाख राजस्व


काठमाडौँ, ५ चैत :  गत असोजदेखि सञ्चालनमा आएको धरहरामा अहिलेसम्म १ लाख ३० हजार जना चढेका छन् ।

सहरी विकास मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार धरहराबाट २ करोड ३७ लाख रुपैयाँ बराबर राजस्व उठेको छ । धरहरा सुरुमा निःशुल्क चढ्ने गरी खुला गरिएको थियो । ९ मंसिरदेखि भने शुल्क लिन थालिएको हो ।

१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्न २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट छ । विदेशीको हकमा सार्क राष्ट्रका पर्यटकलाई ५ सय र सार्क बाहेकका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ । २०७२ सालको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरिएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ