बिहिबार, फागुन १५, २०८१

सिटिजन लाइफ इन्स्योरेन्सलाई कर्पोरेट एक्सिलेन्स अवार्ड


काठमाडौँ, १५ फागुनः  सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स २०२४ अवार्ड बाट सम्मानित भएको छ । एचआरएम नेपालद्वारा फागुन १३ गते आयोजित एक समारोहबीच सिटिजन लाइफ उक्त अवार्डबाट सम्मानित भएको हो ।

नेपाली बिमा कम्पनीको वित्तीय विवरण, सूचकांकहरू, सुशासनलगायतको अध्ययनका आधारमा सिटिजन लाइफ उत्कृष्ट कम्पनीको रूपमा पुरस्कृत भएको जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र नायव प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ