काठमाडौ । विशेष अदालतले ललितानिवासका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी मुद्दा बुधबार ‘हेर्दाहेर्दैमा’ राखेको छ।
बुधबार नै फैसला आउने भनिए पनि विशेषले मुद्दा हेर्दाहेर्दैमा राखेर बिहीबारका लागि अर्को पेसी तोकेको हो। केही दिनयताको निरन्तरको बहसपछि यो मुद्दा फैसलाको चरणमा पुगेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा अनुसन्धान गरेर २०७६ माघ २२ गते विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, तत्कालीन उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीलाई विपक्षी बनाएको थियो।
आयोगले पूर्वउपप्रधानमन्त्री गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीसहित ११० जनासँग बिगो, कैद र जरिबाना माग गरेको छ। त्यस्तै, ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइएको छ।
ललितानिवास जग्गा प्रकरणसँग सम्बन्धित अर्को मुद्दा काठमाडौँ जिल्ला अदालतमा पनि विचाराधीन छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













