शुक्रबार, फागुन ०९, २०८१

नेको इन्स्योरेन्सको हकप्रद सेयरका लागि आवेदन खुल्यो


काठमाडौँ, ८ फागुनः  नेको इन्स्योरेन्स कम्पनीले आज बुधबारदेखि हकप्रद सेयरका लागि आवेदन खुलाएको छ ।

कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पु¥याउनका लागि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ । फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिनेछ।

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ