बिहिबार, फागुन ०८, २०८१

फिल्म ‘लाज शरणम’को प्रचार-प्रसार रोक्न पाटन उच्च अदालतको अन्तरिम आदेश


काठमाडौँ, ७ फागुन :  पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचार-प्रसार रोक्ने आदेश दिएको छ । अदालतको आदेशसँगै निर्माण टिमले यतिबेला फिल्मको सबै प्रचार-प्रसार रोकेको छ ।

पूर्वमन्त्री अफताव आलमले आफ्नो अनुहारसँग हुबहु मिल्ने गरी फिल्ममा अभिनय गरेको भन्दै मुद्दा दायर गरेका थिए । मंगलबार उनको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई सामाजिक सञ्जाल कथा सञ्चारमाध्यममा प्रचारप्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो ।

‘‍निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चार माध्यमहरुमा प्रचार प्रसार र सो सम्बन्धी पोस्टरहरु प्रकाशन, प्रशारण नगर्नू/ नगराउनू भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(३) बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ अन्तरिम आदेशमा भनिएको छ ।

फिल्ममा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको चरित्रको अवतार आफ्नो आवरणसँग हुबहु मिलेको भन्दै पूर्वमन्त्री आलमले मुद्दा दायर गरेका थिए। जेपिटी क्रियसनले निर्माण गरेको फिल्मको आज ट्रेलर सार्वजनिक हुँदै थियो । अब सेन्सर बोर्डले अनुमति दिनुअघि सबै प्रचारको काम रोकिएको छ । फिल्म फागुन १४ गते शिवरात्रीमा रिलिजको तयारीमा छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ