काठमाडौँ, २२ माघः सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३.३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १८ करोड ९७ लाख थियो ।
खुद प्रिमियम आम्दानी तथा लगानीवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ । प्रिमियम आम्दानी पहिले ४ अर्ब १५ करोड रहेकोमा अहिले ४ अर्ब ९८ करोड छ भने लगानीवापतको आम्दानी पहिले १ अर्ब ४९ करोड रहेकोमा अहिले १ अर्ब ७६ करोड छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा छ । कम्पनीको सञ्चित आम्दानी ३२ करोड ८२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ । बजारमा हाल सेयर मूल्य प्रतिकित्ता ४७१ रुपैयाँ छ ।