आइतबार, माघ २०, २०८१

प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउने : मुख्यमन्त्री कमलबहादुर शाह


कैलाली, १९ माघः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उहाँले सञ्चार नीतिका लागि सरोकार भएकासँग छलफल भइसकेकाले पत्रकारहरूसँग अन्तिम पटक छलफल गरेर यसलाई प्रदेशसभामा लैजाने बताउनुभयो ।

मुख्यमन्त्री शाहले अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो प्रक्रिया अगाडि बढ्न नसकेको उल्लेख गर्नुभयो । सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको भन्दै उहाँले पत्रकारलाई समाज र सकारात्मक पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading